पब्जी विश्वकपमा नेपाल उपविजेता
काठमाडाैं | पुस २५, २०७९
काठमाडौंः नेपाली टाली पब्जी विश्वकपमा दोस्रो भएको छ । इन्डोनेसियामा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपाल टर्कीसँग पराजित भएको थियो ।
नेपालको द रियल सोल्जर्स (डीआरएस) एक सय ५८ अङ्कसहित दोस्रो भएको हो । टर्कीको एसटुजी ई स्पोर्ट्सले एक सय ९० अङ्कका साथ च्याम्पियन बन्यो । नेपालकै अर्को टोली ट्रेन्ड टु किल (टि२के) एक सय १२ अङ्कसाथ १३औं स्थानमा रहन सफल भयो ।
उपविजेता नेपालले दुई लाख ९२ हजार अमेरिकी डलर ९तीन करोड ८६ लाख नेपाली रुपियाँ० पुरस्कार पाएको छ । विजेता टर्कीले पाँच लाख १० हजार अमेरिकी डलर पुरस्कार पायो । १३औं स्थानमा रहेको नेपालको टि २ केले पनि एक लाख ३२ हजार पाँच सय अमरिकी डलर प्राप्त गरेको छ ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ को रुपमा सञ्चालित यस विश्वकपमा चीन र ब्राजिलको तीन तीन, नेपाल, टर्की, मङ्गोलिया र थाइल्यान्डको दुई दुई तथा मलेसिया र इन्डोनेसियाको एक एक टोलीले भाग लिएका थिए ।
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

